२०८१ मंसिर ९, आईतबार
गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट पक्राउ परेका पाण्डेमाथि भुटानी शरणार्थीको नक्कली फाइल खडा गरेर गिरोहबाट करोडौं रुपैयाँ असुलेको आरोप लागेको छ । सिंहदरबार वृत्तको हिरासतमा रहेका पाण्डेले नक्कली शरणार्थी प्रकरणमा खाँणको पनि संलग्नता रहेको कुरा खोलेपछि बुधबार पाण्डेले दिएको बयानकै आधारमा खाँण पक्राउ परेका छन् ।
बयानका क्रममा पाण्डेले तत्कालीन गृहमन्त्री खाँणकै निर्देशनमा आफूले फाइल खडा गरेको बयान दिएको प्रहरीको भनाइ छ । शरणार्थी प्रकरणको घटना सार्वजनिक भएपछि घर छाडेर रिसोर्टमा लुकिरहेका पाण्डेलाई प्रहरीले रिसोर्टबाटै पक्राउ गरेको थियो । प्रहरीले पाण्डेले प्रयोग गरेको मोबाइल फोनसमेत जफत गरेको थियो । आफू पक्राउ पर्ने डरले केही दिनअघि नै पाण्डेले फोन फम्र्याट गरेका थिए । तर, प्रहरीले फरेन्सिक ल्याबमा पठाएर मोबाइलको डेटा रिकभर गरेपछि नक्कली शरणार्थी प्रकरणमा तत्कालीन मन्त्री खाँणको संलग्नता पुष्टि भएको थियो ।
प्रहरीले पाण्डे र खाँणबीच आर्थिक लेनदेन भएको प्रमाणसमेत फेला पारेको छ । नक्कली शरणार्थीको फाइल खडा गर्दा गिरोहबाट लिएको रकम खाँणसँग लेनदेन गरेको उनको मोबाइलबाट पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।
पाण्डेले समेत बयानमा सकारेपछि प्रहरीले खाँणलाई बुधबार बिहान चाबहिलको मैजुबहालस्थित निवासबाटै पक्राउ गरिसकेको छ । उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको आदेशमा २८ असार २०७८ मा प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खाँणलाई २९ असारमा गृहमन्त्री नियुक्त गरेका थिए । खाँण गृहमन्त्री भएलगत्तै तत्कालीन गृहसचिव महेश्वर न्यौपानेलाई हटाएर उनले टेकनारायण पाण्डेलाई मन्त्रालय ल्याए । पाण्डे त्यसअघि २०७७ साउनदेखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे