२०८२ बैशाख ६, शनिबार
विगत ८ वर्षदेखि गैँडाकोट नगरपालिका वडा नं. ८ सिद्धिविनायक टोल स्थित राजु सापकोटाको घरमा बस्दै आएकी १६ वर्षीया सविता राइ बैशाख २९ गते साँझदेखि बेपत्ता भएको सापकोटा परिवारले जनाएको छ ।
घरमा गृष्मा भनेर बोलाउने उनले कालिका स्कुलबाट एसइइ दिएर बसेकी थिइन् । उनको खोजिका लागि इलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन दर्ता गराएको राजु सापकोटाले बताउनुभयो ।
मकबानपुरको ग्रामीण भेगमा बसोबास गर्ने सविता ८ वर्षदेखि सापकोटा परिवारकै संरक्षणमा रहँदै आएकी थिइन । सवितालाई कहिकतै देखेमा नजिकको प्रहरी कार्यालय वा राजु सापकोटाको मोबाइल नम्बर ९८४५२००९४५ मा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे