२०८१ मंसिर ७, शुक्रबार
मौलाकाली केबलकार प्रालिका अनुसार बैशाख १ गतेदेखि ३१ गतेसम्म २५ हजारले मौलाकाली केबलकार चढेका हुन् ।मौलाकाली केबलकार प्रालिका म्यानेजर सुरज पौडेलका अनुसार केबलकार मार्फत दैनिक ७०० जनाले यात्रा गरेका छन्।
नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि सुरु गरिएको मौलाकाली केबलकारमा दैनिक जस्तो दर्शनार्थीहरुको उपस्थिति बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो ।
विहान ६ वजेदेखि सञ्चालन हुँदै आएको मौलाकाली केबलकारले साँझ ६ वजेसम्म सेवा दिदै आएको छ । बैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो ।यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा छन्। एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ। फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे