२०८१ चैत्र २०, बुधबार
इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरूले मिलोमतोमा उपभोक्ता शुल्क बृद्धि गर्न लागेको भन्ने विषयलाइ प्राधिकरणको ध्यानाकर्षण भएको सूचनामा भनिएको छ ।
प्राधिकरणले सहमतिमा इन्टरनेटको शुल्क बढाउने काम दूरसंचार ऐन र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन विपरीत हुने भन्दै त्यस्तो काम नगर्न समेत निर्देशन दिएको छ।
उक्त विज्ञप्तिमा लेखिएकाे छ, “केही इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महशुलदर बढाएको भनि उपभोक्ताहरुले विभिन्न माध्यमबाट गुनासो समेत ब्यक्त गरेको प्रति नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । इन्टरनेट सेवा प्रदायकहरुले मिलेमतोमा आफूखुशी इन्टर्नेट सेवाको शुल्क र महशुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रबर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरित हुने व्यहोरा सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईन्छ ।”
इन्टरनेट सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क तथा महशुलदर अनिवार्यरुपमा प्राधिकरणबाट स्वीकृत गराएर मात्रै लिन पाइने भन्दै प्राधिकरणले विना स्वीकृति कुनै पनि शुल्क नउठाउन चेतावनी दिएको छ।
“दूरसञ्चार सेवाको शुल्क/महशुलदर स्वीकृत गर्ने विद्यमान् कानूनी व्यवस्था बमोजिम प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क/महशुलदर स्वीकृत गर्दा स्वच्छ बजार प्रतिस्पर्धा समेतलाई मध्य नजर गरिदै आएको छ | उक्त व्यवस्था अनुसार प्राधिकरणबाट कुनै पनि इन्टरनेट सेवाप्रदायकले स्वीकृत शुल्क/महशुलदर भन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको तथा इन्टर्नेट सेवाको विद्यमान् स्वीकृत शुल्क/महशुलदर भन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी गरेकाे छैन र शुल्क/महशुलदर बढाउन इन्टर्नेट सेवा प्रदायकहरुलाई कुनै पनि निर्देशन दिएकाे छैन,” थप लेखिएकाे छ ।
यसका साथै कुनै उपभोक्ताहरुलाई स्वीकृत महशुलदर भन्दा बढी शुल्क वा महशुलदर लिने गरी बिल वा बिजक जारी गरिएको भए सो को जानकारी प्राधिकरणलाई उपलब्ध गराई दिएर नियमन गर्न सहयोग पुर्याउन समेत प्राधिकरणले अनुरोध गरेकाे छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे