२०८१ मंसिर ७, शुक्रबार
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियम बापत रू. ३०० थप गरी प्रतिकित्ता रू. ४०० मा आयोजना प्रभावित स्थानीयमा र प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियम वापत रू. ३३५ थप गरी प्रतिकित्ता रू. ४३५ मा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७ लाख ५४ हजार ६६१ कित्ता आईपीओ विक्री खुला गरेको हो ।
आयोजना प्रभावित स्थानीयका लागि भने ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर निष्कासन गरेको हो । स्थानीयका लागि विक्रीमा आएको शेयर खरीदका लागि दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयमा भने छिटो अवधि जेठ २ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि जुठ १७ गतेसम्म विक्री खुला गरिने भएको छ । लामो समयपछि धितोपत्र प्राथमिक बजारमा प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा आएको हो । दोस्रो बजार समेत घटिरहेको अवस्थामा प्रिमियम मूल्यमा आईपीओ किन्न भने लगानीकर्ता त्यति उत्साहित नभएको देखिन्छ ।
दुबै समूहका लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्तासम्म र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अधिकतम ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
घोराही सिमेन्ट इन्डस्ट्री २०६४ सालमा दर्ता भई २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।
त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी रू. ४ अर्ब ३ करोडभन्दा बढी सञ्चित नाफामा रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. २२६ दशमलव ६१ रहेको छ । दोस्रो बजारमा कम्पनीको आईपीओले प्रतिकित्ता रू. २२६ दशमलव ६१ देखि रू. ६७९ दशमलव ८३ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ । आर्थिकन्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे