२०८१ मंसिर ८, शनिबार
मोटरसाइकल निर्माता कम्पनी यात्री डिजाइन स्टुडियो प्रा.लि. कानूनी रुपमा दर्ता भएपछि बाइक पनि विधिवत रुपमा यातायात कार्यालयमा दर्ता भएको हो । सार्वजनिक भएको एक वर्षपछि सोमबार यात्री सरकारी निकायमा दर्ता भएको छ ।
यसअघि नेपालमा उत्पादित सवारीको दर्ता व्यवस्था नहुँदा यात्रीले ६ महिनादेखि उत्पादन कार्य नै रोकेको थियो । यात्रीले बिक्री गरेका मोटरसाइकल दर्ता नभई नम्बर प्लेट नपाउने समस्या आएपछि यो विषयलाई लिएर धेरै आलोचना भएको थियो ।
लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलेको हो ।
सो निर्देशिकामा थपिएको नयाँ बुँदामा नेपालमा जडान वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने उल्लेख छ ।नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि यात्रीले पहिलो पटक आफ्नो बाइक दर्ता गरेको हो । कम्पनीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यात्री पी–१ बाइक दर्ता भएको जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे