२०८१ चैत्र २०, बुधबार
भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । बुधबार गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै चितवनमा सुरु गरिएको सेवाबारे आयोजकले जानकारी दिइएको हो ।
सेवा सुरु गरेको दुई महिनाको अवधिमानै हजारौंले ‘आयो’ एप मार्फत सेवा लिएको बजार प्रमुख नेत्र किँरातीले बताए। ‘आयो’ ले दुई महिना पहिलेदेखि काठमाडौंबाट सेवा बिस्तार गरेको हो। हाल बिगत एक महिना अघिदेखि चितवनमा सेवा दिन थालेको भएपनि आधिकारिक रूपमा पत्रकार सम्मेलन गरि सेवाबारे आज जानकारी गराईएको थियो।
पहिलो चरणमा ४७५ वटा बाइक र १२५ वटा अटोले चितवनमा सेवा दिन थालेको कम्पनीले बताएको छ । ‘एक महिनाको अवधिमा जिल्लामा २७ सय बढिले सेवा लिइसकेको किँरातीले बताए।
यात्रु, चालक र सवारी साधनका लागि कम्पनीले विमा समेत गरेको छ । यात्रुले सवारीसाधन बुक गरेको १० मिनेट भित्र सेवा प्राप्त गर्ने किँरातीले बताउनुभयो । ‘आयो’ को सेवा २४ सै घण्टा संचालन हुनेछ । प्रोमो कोड AYO55 प्रयोग गरी पहिलो पाँच राइड सम्म ७० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।
पाँच राइड पछि प्रोमो कोड CHITWAN25 प्रयोग गर्दा प्रत्येक राइडमा २५ प्रतिशत छुट पाइनेछ । भाडदर बाइकको प्रतिकिलोमिटर १८ रुपैंया तोकिएको छ । कम्पनीले छिट्टै यो सेवा देशैभर विस्तार गर्ने योजनाका साथ काम गरिरहेको किराँतीले बताए।
एप डाउनलोड गर्न तल दिईएको लिङ्क क्लिक गर्नुहोला।
AYO को मोबाइल एप यात्रुका लागि: AYO USER
AYO को मोबाइल एप राइडरका लागि: AYO RIDER
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे