२०८१ मंसिर ६, बिहिबार
यही जेठ तेस्रो सातासम्ममा नवलपुरमामा २ हजार ४ सय ५० पशुहरूमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख डा. ऋषभ गुरागाईँले नवलपुर अनलाइनलाई बताउनुभयो।
जिल्लाका ८ वटै पालिकामा लम्पीस्किन फैलिएको उहाँले बताउनुभयो। लम्पीस्किनको सङ्क्रमणबाट बिनयी त्रिवेणी गाउँपालिका बढी प्रभावित रहेको गुरागाईँले बताए।
उहाँका अनुसार गैँडाकोट नगरपालिकामा १८५, देवचुली नगरपालिकामा ६७, कावासोती नगरपालिका ४२५, मध्यबिन्दु नगरपालिकामा ५४८, बिनयी त्रिवेणी गाउँपालिकामा ८२५, हुप्सेकोट गाउँपालिकामा २८५, बुलिङ्गटार गाउँपालिकामा ६९ र बौदीकाली गाउँपालिकामा ४६ पशुचौपायाहरूमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ। जिल्लामा सबैभन्दा बढि १७१९ गाईमा संक्रमण देखिएको छ भने २७ पाडापाडीमा संक्रमण देखिएको छ।
नवलपुरमा हालसम्म ७० पशुचौपायाहरू मरेका छन्। जसमध्ये बाच्छाबाच्छी १०, गाई ४५, गोरू ३, पाडापाडी ३ भैँसी ९ गरि ७० पशुहरू मरेका हुन्।
जिल्लामा सबैभन्दा बढि बिनयी त्रिवेणी गाउँपालिकामा १९ पशुहरू मरेका छन्। त्यस्तै मध्यबिन्दु नगरपालिकामा १६ र कावासोती र हुप्सेकोटमा अहिलेसम्म १०/१० पशुहरू मरेको गुरागाँईले बताउनुभयो।
लम्पीस्किन रोगबाट पशुहरू मर्ने नै अवस्था होइन, तर समयमा पशुपालक किसान, स्थानीय सरकार र विज्ञ केन्द्र नै सचेत हुनु जरूरी छ। लम्पीस्किन लागिसकेका पशुको मुख्य उपचार नै खोप हो भएकोले यसका लागि पालिकामा सचेतना फैलाउन जरूरी छ। जिल्लाका सबै पालिकामा हामीहरूले निरन्तर फलोअप तथा निगरानी गर्ने तथा औषधी पठाउने काम गरिरहेका छौँ। पालिकाहरू तथा व्यक्तिगत रूपमै किसानहरूले कार्यालयमा फोन गरेर लम्पीस्किनको बारेमा जानकारी लिने गर्नुहुन्छ। कुनै कुनै किसानहरूलाई फोनबाटै पनि रोकथामका उपायहरू अबलम्बन गर्न निरन्तर जनसम्पर्कमा रहेको केन्द्रका प्रमुख डा. ऋषभ गुरागाईँले नवलपुर अनलाइनसंगको कुराकानीमा बताउनुभयो।
लम्पीस्किन बिरूद्धको खोप लगाएर पशुहरुको ‘इम्युनिटी पावर’ वृद्धि हुनेहुँदा सबैजना समयमै सचेत हुन केन्द्रले आग्रह गरेको छ।
लम्पीस्किन भाइरल रोग भएकोले लामखुट्टे, झिँगा तथा विभिन्न किराबाटको टोकाइबाट पशुहरूलाई जोगाउनुपर्दछ । यो रोगको सङ्क्रमणले पशुमा फोका निस्कने र पशुलाई कमजोर बनाई मृत्युको मुखमा पुर्याउने गर्दछ।
सङ्क्रमण भएका पशुवस्तुलाई अन्य पशुसँग नराख्ने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, चरनमा नलैजाने, जैविक सुरक्षा गर्नुपर्ने अवस्था रहेको छ।
पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाएर बचाउन सकिने र सकेसम्म पशुहरूलाई आइसोलेशन गर्न गुरागाईँले आग्रह गर्नुभएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे