२०८१ फागुन ३०, शुक्रबार
उनले अघिल्लो दिन विहीवार नगरकार्यापालिकाको बैठकले खर्च घटाउन यस्तो निर्णय गरिएको र सो निर्णय शुक्रवारदेखि कार्यान्वयनमा आएको स्पष्ट पारेका छन् । नगरपालिकाले सरसफाई कर्मचारी बाहेक सबै दैनिक तथा मासिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई हटाएको प्रमुख प्रशासकिय अधिकृत जोशीले बताए ।
यसरी सेवाबाट हटाइएका मध्ये नगरपालिकामा २२ वर्षदेखि काम गर्दै आएका कर्मचारीदेखि पूर्व जनप्रतिनिधिदेखि वर्तमान जनप्रतिनिधिद्वारा दैनिक तथा मासिक ज्यालादारीमा राखिएका कर्मचारी समेत परेका छन् । राजविराज नगरपालिकामा विभिन्न विभाग र फाँटका गरी झण्डै २ सय ५० कर्मचारी छन् ।
समयमा तलब नपाउँदा कर्मचारीले घर खर्च चलाउन समेत समस्या हुने गरेको भन्दै बेला–बेलामा धर्ना र विरोध प्रदर्शन गर्दै आएका थिए । राजश्व बाडफाँडबाट आउने रकमले तलब खुवाई कर्मचारीलाई नगरपालिकाले थामथुम पार्दै आएको थियो । नगरपालिकाका लेखापाल शत्रुघन दासका अनुसार पालिकाका कर्मचारी, शिक्षा, स्वास्थ लगायतको कर्मचारीको तलबमा मात्रै मासिक १ करोड २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।
राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी अहिले निलम्बित अवस्थामा छन् । नगरप्रमुख निर्वाचित हुनु अघिनै उनीमाथि एक निर्माण कार्यमा अनियमितताका आरोप लागेको थियो ।
जसकारण उपप्रमुख इसरत परवीनले कार्यवाहक प्रमुख भएर पालिका चलाइरहेका छन् । उनले बजेटको अभावको कारण बढ्दो खर्च धान्न कठिन भएपछि कार्यपालिका बैठकले कर्मचारी कटौती गर्ने निर्णय गरेको बताइन । यता वर्षौदेखि काम गर्दै आएका आफुहरुलाई एक्कासी हटाएर नगरपालिकाले अन्याय गरेको कर्मचारीहरुले गुनासो पोखेका छन् । ‘आफुहरुसँग कुनै छलफल र जानकारी समेत नदिई एक्कासी सेवाबाट हटाइएको सूचना जारी गरेर अन्याय गरिएको छ, सेवाबाट हटाइएका एक कर्मचारीले भने– पुनः नियुक्ति नगरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौ ।
एकातिर कर्मचारी अभावले नगरपालिकाको दैनिक कामकाज प्रभावित बन्दै गएको बेला एकै पटक ठुलो संख्यामा कर्मचारीलाई सेवाबाट हटाउँदा यसले थप जटिलता उत्पन्न गराउने नगरवासीको भनाई छ । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे