२०८२ बैशाख ५, शुक्रबार
ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरूको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पर्स लुटपाट गर्ने उद्देश्यले ढुंगाले टाउको लगायतका अङ्गहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे