२०८१ मंसिर ७, शुक्रबार
त्यस्तै सर्वसाधारणका लागि भने प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियमबापत ३३५ रूपैयाँ थप गरी प्रतिकित्ता ४३५ रूपैयाँमा आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रिमियम मूल्यमा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको थियो ।
कुल कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर यस अघि बाँडफाँट गरिसकिएको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा ३ लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघि वितरण हुन नसकेको शेयरसमेत थप गरी कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा जारी गरेको हो ।
सर्वसाधारणले आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओको विक्री अवधि असार ४ गतेसम्मको लागि तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने असार १४ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिन तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे