२०८२ बैशाख ५, शुक्रबार
भिवो म्याक्स कि प्याड मोबाइल भित्रिँदा रसुवा भन्सार कार्यालयले ५ प्रतिशत मूल्य अभिवृद्धि कर लिनुपर्नेमा २.५ प्रतिशत मात्रै लिएपछि राजश्व अनुसन्धान विभागको ध्यानाकर्षण भएको थियो ।
विभागले अनलाइनमार्फत हेर्दा मोबाइलको दरको आइडी ८५६१७१४०० मार्फत लगाउनुपर्नेमा रसुवा भन्सारले ८५१७१४०० आइडी अनुसार अन्तःशुल्क कट्टी गरेको देखिएको थियो । समानको वर्गीकरण कोड विश्व भन्सार संगठन अनुसार कायम गरिएको हुन्छ ।
विभागका प्रमुख नारायण प्रसाद सापकोटका अनुसार अनलाइनमार्फत हेर्दा भिवो मोबाइल ल्याउँदा कर छली गरेको देखिएपछि २.५ प्रतिशत कर थप गरेर मात्रै समान छाड्न भन्सार विभागलाई जानकारी गराइएको हो । उनले भने,‘ समानको प्रज्ञापन पत्र अनलाइनमा हेरेर फेरिफाई गर्दा कर छली गरेको देखिएपछि थप गरेर मात्रै छाड्न भन्सारलाई भनिएको हो ।’
भन्सार कार्यालय रसुवाका प्रमुख राम प्रसाद पाठकले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने,‘ खै मलाई मोबाइलको विषयमा केही थाहा भएन ।कतैबाट केही निर्देशन आएको छैन ।’रातोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे