२०८१ चैत्र २०, बुधबार
रिफ्रेस बटन थिच्नाले कम्प्युटरको र्याम फ्री हुने र त्यसका कारण कम्प्युटर पहिलेभन्दा स्पीडमा चल्ने र ह्यांग भएको भए त्यो पनि हट्छ भन्ने सोचाइ हुन्छ । तर वास्तवमा यस्तो केही हुँदैन ।
वास्तवमा रिफ्रेस बटनसँग कम्प्युटरको स्पीडको कुनै सम्बन्ध नै हुँदैन । त्यसोभए आखिर किन कम्प्युटरमा रिफ्रेस बटन राखियो त ? अनि यो बटनको काम के हो ?
मानौं तपाईंले आफ्नो कम्प्युटरमा विभिन्न फोल्डरहरु राख्नुभएको हुनसक्छ । कहिलेकाही त्यस्ता फोल्डरहरुको नाम सही रुपमा नदेखिन सक्दछ । यस्तोमा रिफ्रेसको अप्सन छान्नुभयो अर्थात् रिफ्रेस बटन थिच्नुभयो भने स्क्रिनमा सबै फोल्डर वर्णानुक्रम अनुसार लहरमा सेट हुन्छन् ।
यदि ल्यापटपको स्क्रिनमा वालपेपर देखिएन वा फोल्डरहरु यताउता छरिएका छन् भने त्यसलाई मिलाउनका लागि तपाईंले रिफ्रेस बटन प्रयोग गर्न सक्नुहुन्छ । जब तपाईंले आफ्नो ल्यापटप वा डेस्कटपमा रिफ्रेस बटन टाइप गर्नुहुन्छ भने त्यसले फोल्डरलाई आफ्नो सबैभन्दा पछिल्लो जानकारी सहित डिस्प्ले गर्दछ ।
त्यसकारण के कुरामा प्रष्ट हुनुपर्दछ भने तपाईंको विन्डोज डेस्कटप तथा ल्यापटको किबोर्डमा रहेको रिफ्रेस बटनसँग कम्प्युटरको विन्डोज सिस्टम वा र्यामको कुनै सम्बन्ध छैन । यसको काम भनेकै कम्प्युटरको स्क्रिन रिफ्रेस गर्नुमात्रै हो । त्यस्तै इन्टरनेट ब्राउजरको हकमा भने रिफ्रेस बटनले सबैभन्दा पछिल्लो जानकारी सहितको पेज खोलिदिन्छ । एजेन्सी
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे