२०८२ बैशाख १६, मंगलबार
५ : ४६ : ३५
उक्त चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले एक विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको छ ।
कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिए ।
“काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भने ।
यस्तै, वितरक तथा प्रदर्शकको छाता संस्था नेपाल चलचित्र सङ्घले सम्पूर्ण भारतीय चलचित्रमा रोक लगाएको विषयमा असन्तुष्टी व्यक्त गरेको छ ।
सङ्घका उपाध्यक्ष गोपालकाजी कायस्थले कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जानकारी दिए ।
उनले भने, “यसरी सम्पूर्ण भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउनु उचित समाधान होइन । हामी यसविरुद्ध कानुनी प्रक्रियामा जान्छौँ र निकास खोज्छौँ ।”
काठमाडौँ महानगर पश्चात चलचित्र आदिपुरुषलाई पोखरा, धराण, वीरगञ्जलगायतका सहरमासमेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका थिए ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे