२०८१ मंसिर ६, बिहिबार
शुद्धीकरणका नाममा आफ्नालाइ काखा र अन्य संगठनमा आवद्ध भएका पत्रकारहरुलाई पाखा लगाइएपछि जिल्लाकै नेतृत्वमाथी प्रश्न उठेको छ । पत्रकार महासंघ नवलपुरको आजको बैठकले बहुमतको दम्भ देखाउदै २७ जना नयाँ र ८५ जना पुराना सदस्यहरु प्रदेशमा पठाउने निर्णय गरेको सूचना उज्यालो खबरलाई प्राप्त भएको छ ।
नयाँ सिफारिस भएकाहरुमध्ये केहि सदस्यहरु मिडियामै नभएको पाइएको छ भने पुराना सदस्यहरुमध्ये पूर्णकालिन शिक्षक, राजनैतिक दलको जिल्ला नेतृत्व तथा विभिन्न व्ययसायमा आवद्ध रहेकाहरुको सन्दर्भमा महासंघले आँखा चिम्लेको छ । पत्रकार महासंघ नवलपुरले पत्रकार शुद्धीकरण विषयमा गरेको निणर्यका सम्बन्धमा जानकारी लिन महासंघका अध्यक्ष विरेन्द्र पराजुलीलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन ।
गैरपत्रकारलाई सदस्यता दिइएको, शुद्धीकरणको नाममा सिन्को समेत नभाँचिएको तथा बहुमतको दम्भ देखाइएको भन्दै प्रेसचौतारी नेपाल नवलपुर र क्रान्तिकारी पत्रकार महासंघले महासंघको निर्णय विरुद्ध नोट अफ डिसेन्ट लेखेका छन् । ती संगठनका तर्फबाट पत्रकारमहासंघमा नेतृत्व गर्ने पत्रकारहरु दयाराम आचार्य, भविश्वर पाण्डे र यम सोमैले नोट गम्भिर असहमति जाहेर गरेका छन् ।
पत्रकार महासंघ नवलपुरको नेतृत्व गर्ने अध्यक्ष नै पुस्तक व्यवसायी भएको भन्दै शुद्धीकरण उनिबाटै सुरु गरिनुपर्ने आवाज उठेको छ । अध्यक्ष नै पुर्णकालिन व्यवसायी हुन् एक सदस्यले भने- शुद्धीकरण अध्यक्षबाटै हुनुपर्छ ।
शुद्धीकरण नाममा पत्रकार महासंघले गरेको अन्यायका विरुद्ध प्रेस चौतारी नेपाल नवलपुरले महासंघको कार्यालयमा तालाबन्दी गर्ने तयारी गरेको छ । चौतारीका जिल्ला अध्यक्ष शालिकराम कोइरालाले भोलि विहान सचिवालय बैठक बोलाइएको बताउँदै बैठकपछि निर्णय लिइने जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे