२०८२ बैशाख ५, शुक्रबार
काठमाडौँ, ५ असार । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले नेपाली फिल्म परस्त्रीलाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।
फिल्ममा समावेश चुम्बन र बेडसिनका दृश्यप्रति आपत्ति जनाउँदै बोर्डले फिल्म रोकेको हो । सेन्सर बोर्डकी सदस्य सरला पुनले किस र बेडसिनसहितका तीन दृश्यलाई हटाउन निर्मातालाई भनिएको बताइन् । यी दृश्य हटाएमात्र प्रदर्शन अनुमति दिन सकिने सर्त सेन्सर बोर्डले राखेको छ ।
निर्मात्री शर्मिला पाण्डेले पनि सेन्सर बोर्डले केही दृश्यमा आपत्ति जनाउँदै फिल्म रोकिएको जानकारी दिइन् । ‘ती दृश्य हटाउँदा फिल्मको कथा नै समाप्त हुन्छ । हामी हटाउन तयार छैनौं । बरु, कानूनी उपचारमा जान्छौं’, उनले भनिन्, ‘सेन्सर बोर्डको यो कार्यप्रति हाम्रो आपत्ति छ ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे