२०८२ बैशाख ५, शुक्रबार
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यसवर्ष भण्डारीको जन्मजयन्ती टिकटक प्रतियोगिता गरी रचनात्मक रुपमा मनाउने निर्णय गरेको हो ।
टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको निर्णायकमा नायक रमेश उप्रेती, नायिका बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली हुनेछन् ।
प्रतियोगिताको संयोजक प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे तोकिएका छन् । संयोजन समितिको सदस्यहरुमा कोषाध्यक्ष इन्द्र आचार्य, सचिव कमलप्रसाद उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, लोग्सरी कुँवर र समीर बलामी छन् ।
‘मदन भण्डारी र समृद्ध नेपाल : सुखी नेपाली’ विषयमा आधारित भएर भाषण, क्यारिकेचर, नाटक, नृत्य, कथा, संवाद, गजल लगायत रचनात्मक टिकटक बनाउन सकिने संयोजक पाण्डेले जानकारी दिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे