२०८१ मंसिर ९, आईतबार
मिडिया क्षेत्रको पहिलो कम्पनीको रूपमा धितोपत्र बजारमा भित्रिन लागेको यस कम्पनीको आईपीओ बाँडफाँट कार्यक्रम उपप्रधान तथा गृहमन्त्री नारायणराजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आईपीओ बाँडफाँटका लागि बल समेत श्रेष्ठलेनै तोनेका थिए ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकबाट आवेदन परेको थियो । यी आवेदकहरूबाट कुल १ करोड ४१ लाख ९ हजार ५६० कित्ता शेयर खरीद माग भएको हो ।
कुल आवेदकहरूमध्ये १२ लाख २७ हजार ५६९ जना आवेदक मात्र योग्य भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । ७२ हजार १५८ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराई आईपीओ बाँडफाँट गरिएको हो ।
गोलाप्रथाको माध्यमबाट ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गरेका छन् । यी मध्ये एक जना आवेदकले भने थप एक कित्ता समेत ११ कित्ता शेयर प्राप्त गरेका छन् । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो । सर्वसाधारणलाई ३६ लाख १९ हजार ८९१ कित्ता शेयर बाँडफाँट गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे