२०८२ बैशाख ५, शुक्रबार
यो चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य भूमिका रहेको छ ।
निर्देशक निश्चलले ३६ दिनमा छायाँकन सम्पन्न भएको बताएका छन्,‘हामीले ४० दिनको सेड्युल राखेका थियौं तर मौसमले साथ दिएका कारण ३६ दिनमै छायाँकन सम्पन्न गर्यौँ ।’ सोमबार काठमाडौंको नेपाल फिल्म क्याम्पसमा अन्तिम सर्ट लिएर इन्डल्क्याप गर्दै उनले सञ्चारकर्मीसँग भने ।
उनले छायाँकन सम्पन्न भएको तस्बिरहरु फनि फेसबुक मार्फत शेयर गरेका छन् । निश्चलले आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ रिलिज लगत्तै ‘दिमाग खराब’ निर्माणको घोषणा गरेका थिए । त्यसपछि कोरोना र अन्य कारणले उनको सिनेमाको छायाँकन हुन सकेको थिएन । यसरी ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल यस अघि अभिनयमा विभिन्न चलचित्र तथा म्युजिक भिडियोको अभिनयमा थिए । पछिल्लो पटक ६ वर्ष अघि उनले लुट २ को निर्देशन गरेका थिए ।
फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्रमा आकाश बरालको पटकथा लेखेका हुन् । जसमा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ। राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे