२०८२ बैशाख ५, शुक्रबार
पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लेख गरेकी किस्मती देवी चन्दले फेरि भिमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरी कलावती चन्दका नामले नागरिकता बनाएको पाइएको हो। नागरिकतामा पतिको नाम र जन्ममिति समेत फरक पाइएको छ।
सुरूमा २०६३ मा उनले नागरिकता लिएकी थिइन्। फेरि २०६७ मा दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबरजस्ती फरक विवरण राखेर नयाँ नागरिकता बनाइदिएको बुझिएको छ।
गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमती भित्र्याई उसैको नाम कलावती भन्दै नयाँ नागरिकता बनाएको खुलेको छ।
एक मान्छेका नाममा २ नागरिकता लिएको विषयमा वैशाख २८ गते कञ्चनपुरमा मुद्दा दर्ता भएपछि कञ्चनपुर झिकाई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे