२०८१ पौष १२, शुक्रबार
‘१९७४ एडी’ का ड्रमर सन्जय श्रेष्ठले उनको निधन भएको पुष्टि गरेका छन्।
प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएको थियो। रबिनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन आएपछि प्रहरी निरीक्षक चन्दसहितको टोली उनको घरमा पुगेको थियो।
उनका अनुसार सुरूमा रबिनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन्। उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको थियो। रबिन दोस्रो तलामा बस्थे। उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि कुनै प्रतिक्रिया दिएनन्।
त्यसपछि उनकी श्रीमतीले रबिनकी दिदीलाई फोन गरेकी थिइन्। दिदीले पनि रबिनलाई बारम्बार फोन गर्दा पनि नउठाएपछि उनैले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएकी हुन्।
‘उहाँ माथिल्लो तलामा बस्नुहुने रहेछ। दुई तलाको घर हो। बाहिरबाट मुख्य गेट पनि बन्द नै थियो,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक चन्दले भने, ‘हामीले बाहिरबाट भर्याङ लगाएर झ्यालबाट हेर्यौं। खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा हुनुहुन्थ्यो।’
रविन लडिरहेको देखेपछि बचाउन सकिन्छ भनेर ढोका फोडेर प्रहरी र आफन्त कोठामा पसेको उनले बताए।
‘तर शव हेर्दा चिसो भइसकेको थियो,’ उनले भने, ‘घटनास्थलमा शंकास्पद केही पनि छैन। खाट र कोठा सबै सफा नै थियो। मुख्य गेट, माथिको ढोका पनि बन्द नै थियो। शंकास्पद केही पनि छैन।’
उनको मृत्युको कारणबारे पोस्टमर्टमबाट खुल्ने उनले बताए। पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।
रबिनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म ‘छड्के’ मा देखिएका थिए। उनका ‘चिसो चिसो हावामा’, ‘जति माया लाए पनि’, ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन्। छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे