२०८२ बैशाख ७, आईतबार
गैँडाकोट नगरपालिका १६ अमरापुरीमा घर अगाडिकै खेतमा डुबेर स्थानिय लाल बहादुर कँडेलको मृत्यु भएको हो । विहान खेतमा डुवेको अवस्थामा भेटेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । सोमबार राती पानीले सो क्षेत्र डुवानमा परेको र सडक र खेतको पानीको लेवल बराबर अवस्थामा पुगको स्थानियले बताएका छन् । पानीको निकास नहुँदा बृद्धको डुबेर बृद्धको मृत्यु भएको स्थानीयले बताए।
राजमार्ग विस्तारका कारण पानीको निकास पुरिँदा र एकै ठाँउमा पानी केन्द्रित हुँदा डुवान हुने गरेको वडाध्यक्ष विनोद कुमार मल्लले जानकारी दिनुभयो। मृतक बृद्धको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे