२०८१ माघ ३०, बुधबार
अर्थ मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक संस्थानहरूको वार्षिक समीक्षा अनुसार धौवादी फलाम कम्पनी २८ लाख रुपैयाँ नोक्सानीमा रहेको पाईएको छ।
मन्त्रालयका अनुसार नोक्सानीमा रहेका अन्य संस्थानहरूमा नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि १४ करोड २८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा छ । त्यस्तै, बुटवल धागो कारखाना ३ करोड ४६ लाख ७९ हजार, नेपाल मेटल कम्पनी ३५ लाख रुपैयाँ र धौवादी फलाम कम्पनी २८ लाख रुपैयाँ नोक्सानीमा रहेका छन् ।
यस अवधिमा दुग्ध विकास संस्थान ३७ करोड ४ लाख ६७ हजार रुपैयाँ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी एक करोड ६६ लाख ८८ हजार रुपैयाँ घाटामा रहेको छ ।
मन्त्रालयका अनुसार हेटौँडा सिमेन्ट उद्योग ११ करोड १४ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । त्यस्तै, जनकपुर चुरोट कारखाना लिमिटेड २५ लाख ४२ हजार तथा नेपाल औषधि लिमिटेड १३ करोड ८६ लाख ५१ हजार रुपैयाँ घाटामा रहेको छ ।
त्यसैगरी, उदयपुर सिमेन्ट उद्योग ४ करोड ९२ लाख ५८ करोड रुपैयाँ नाफामा रहेको छ । उद्योगको प्रशासनिक खर्च १९ करोड ८१ लाख ९६ हजार रुपैयाँ रहेको छ भने सञ्चालन आय एक अर्ब ३१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे