२०८२ बैशाख ५, शुक्रबार
२६ जुनमा सार्वजनिक गरिएको फिल्ममा सिताराम कट्टेल (धुर्मुुस) र कुञ्जना घिमिरे (सुन्तली) लामो समयपछि अभिनयमा फर्किएका हुन्।
‘मत मर्छु कि क्याहो’ लाई दर्शकले रूचाइरहनु भएको छ। दर्शकको साथले हौसला बढेको छ। अर्का संस्करण पनि छिट्टै सार्वजनिक गर्ने तयारी रहेको सिताराम कट्टेलले बताए।
फिल्ममा धुर्मुस र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ,पल्पसा डंगोल, सुनिता घिमिरे, पुष्पा आचार्य, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, विजय बराल, प्रमिला खनाल, घनश्याम गौतम, सुशिला थापालगायत कलाकारको अभिनय रहेको छ।
सुदिप बरालले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्। फिल्मको लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुबैले गरेका हुन्।
उक्त वेब फिल्म फिल्म कोरोना महामारीको समयमा चितवनमा खिचिएको हो।
फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे