२०८१ चैत्र ३०, शनिबार
भगतलाई उनकी कान्छी आमा ३९ वर्षीया मिरा देवी भगतले बासी भात खान दिएको रिसको झोकमा विवाद भएको थियो । पछि उनले काठको चिरपट प्रहार गरी आमाको हत्या गरेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
‘आमासँग खाना माग्दा बासी भात खान दिएको र आफू बासी भात खान्न बरुहोटेलमा गएर खाना खान्छु भन्दा आमाले आफूलाई बुवाको समेत नाम जोडेर अनेक प्रकारको अपशब्द प्रयोग गरी गालीगलौज गर्दा आवेशमा आएर आमालाई धक्का दिँदा आमा भुईँमा लडेको कुरा प्रेमले स्वीकार गरेको छ’, उनले भने ।
तत्पश्चात् आमाले आफूलाई त्यहाँ रहेको काठको चिरपटले हान्न खोज्दा आफूले सो चिरपट खोसेर आमाको पिठ्युँमा हान्दा टाउकोमा लागेर सोही ठाउँमा आमाको मृत्यु भएको कुरासमेत उनले बताएको एसपी खड्काले जानकारी दिए । मिरा देवीको मृत्यु भए लगत्तै आत्तिएर प्रेमले उनको शरीरमा आगो लगाई जलाएको प्रहरीले जनाएको छ । उनका अनुसार शनिबार दिउँसो बासीभात खाने विषयमा विवाद भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे