२०८१ चैत्र ३०, शनिबार
पशुपतिनाथ दर्शन गर्न आएका भारतीय नागरिकहरुहरुलाई खाने बस्ने राम्रो व्यबस्था गरिदिनुको साथै नेपाल घुम्नको लागी सहज बनाईदिन्छु भनि बिश्वास दिलाई ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
भारतीय नागरिकहरुहरुलाई काठमाडौंको रातोपुलमा रहेको ज्याक डेनिस डान्सबारमा लगी महिला कर्मचारी समेतको संलग्नतामा डर त्रास देखाई भारतीय २३ हजार रुपैँया लिई लुटपाट गरेका थिए।
पक्राउ पर्नेहरूमा कैलाली जिल्ला धनगढी ४ घर भई काठमाडौँ माछापोखरी बस्ने बर्ष २३ को अर्जुन कुवँर, काभ्रे मन्डनदेउपुर ९ घर भई सिनामंगल बस्ने सुभ कुमार तामाङ, सुनसरी रामधुनी ७ घर भई चाबहिल बस्ने बर्ष ४० को ईन्द्र काफ्ले, धादिङ खनेबास १ घर भई सिनामंगल बस्ने २२ को सुमिना तामाङ, मकवानपुर राक्षरानघाटेचोक २ घर भई माछापोखरी बस्ने २२ की रिया साह ठकुरी र धादिङ खरियाबास १ घर भई माछापोखरी बस्ने बर्ष २० की आस्मा तामाङ रहेका छन्।
निजहरूलाई आपराधिक बिश्वासघात कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे