२०८१ मंसिर ६, बिहिबार
शाहीलाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको हो । उनलाई विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको छ ।
उनले नेपाल बायुसेवा निगमको परीक्षामा सामेल छोरीको उत्तरपुस्तिकमा सच्याएर पास गराएका थिए । बस्तुगत उत्तरपुस्तिका सच्याएर उनले पछि केरमेट गरेका थिए ।
छोरीले परीक्षा दिँदा शाखा अधिकृत शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखा अन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए ।
उनकी छोरीले नेपाल वायुसेवा निगमको सहायक चौथो (खरिदार सरहको) परीक्षा दिएकी थिइन् । उनले बस्तुगत प्रश्नका सबै ५० वटा प्रश्नहरु मिलाएकी थिइन् ।
उनले बदमासी गरेको थाहा पाएपछि लोकसेवा आयोगले कार्यदल बनाएको थियो । कार्यदलले उत्तरपुस्तिका परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । घटनामा छोरीको भूमिका नदेखिएको भन्दै लोकसेवाले उनको नाम गोप्य राखेको थियो ।
प्रयोगशालाले बस्तुगत उत्तर लेख्ने क्रममा पछि अक्षर थपिएको भनी प्रतिवेदन दिएको थियो । प्रतिवेदन पाएपछि लोकसेवा आयोगले मिमबहादुरकी छोरीको सबै प्रक्रिया रद्द गरेको थियो ।
लोकसेवाले अधिकृत शाहीलाई ५ वर्ष ग्रेड र बढुवा पनि रोक्का गरेको थियो । यसवारे उजुरी परेपछि अख्तियारले छानबिन गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे