२०८१ मंसिर ७, शुक्रबार
आर्थिक वर्ष २०७९/०८० को वैशाखदेखि फागुन अन्तिम सम्ममा ३६६ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको हो।
जसमध्ये २१० पुरुष र १५६ जना महिला सहित ३ सय ६६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख डा. केशवप्रसाद चापागाईँले बताउनुभयो।
गत बर्ष जिल्लामा डेंगुका कारण १ जनाको मृत्यु भएको छ भने एक जना हाल अस्पतालमा उपचाररत रहेका छन् ।
पानी जम्ने सफा ठाउँमा ‘एडिस एल्बोपिक्टस र एडिज ए जिप्टी प्रजातिको लामखुट्टेले फुल पार्ने गर्दछ। त्यही फुलबाट लार्भा निस्कन्छ बिस्तारै लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख डा. केशवप्रसाद चापागाईँले बताउनुभयो।
जिल्लामा लामखुट्टेको वासस्थान खोजेर नष्ट गर्ने तथा स्वास्थ्य जनचेतनाका कार्यक्रम समेत भैरहेको उहाँले बताउनुभयो।
डेंगुको जोखिमपूर्ण जिल्लाहरूमध्ये गण्डकी प्रदेशको नवलपुर पनि जोखिमपूर्ण जिल्लाको अग्र स्थानमा पर्दछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे