२०८१ मंसिर ८, शनिबार
महिलाकी आमाको यो चिठी सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो जब भारत राष्ट्र समिति (बीआरएस) नेता खलिकुर रहमानले आफ्नो ट्विटर अकाउन्टमा सेयर गरे। उनले ती महिलाको राहदानी–भिसा विवरण साझा गरेर सहयोगको अपिल गरेका छन् । यस बाहेक रहमानले महिलाको एउटा भिडियो पनि सेयर गरेका छन् । जसमा भिडियो बनाउने व्यक्ति उनलाई खानेकुरा र पानी दिइरहेको देखिन्छ ।
पीडितकी आमाले भारतस्थित अमेरिकी दूतावास र सिकागोस्थित भारतीय महावाणिज्य दूतावासलाई पनि छोरीको खोजीमा सहयोग गर्न अपिल गरेकी छन् । विदेशमन्त्रीलाई लेखेको पत्रमा आमाले लेखेकी छिन्– ‘मेरी छोरी सैयदा लुलु तेलंगानाको मौला अलीकी बासिन्दा हुन् ।
अगस्ट २०२१ मा, उनी मिशिगनको डेट्रोइटको ट्राइन विश्वविद्यालयमा मास्टर्स पढ्न गइन्। त्यसपछि उनीसँग पटक–पटक कुरा गर्नुहुन्थ्यो तर पछिल्लो २ महिनादेखि उनले हामीसँग कुनै सम्पर्क गरेकी छैनन । उनले थप भने, ‘हालसालै हैदरावादका दुई जनाले मलाई मेरी छोरी डिप्रेसनमा छिन् र उनको सबै सामान कसैले चोरेको बताए ।
आमाले सामाजिक सञ्जालमा यस्तो पत्र लेखेकी छिन– ‘उनीसँग खान र पिउन केही बाँकी छैन । जसका कारण उनी भोकभोकै मर्न बाध्य छन् । उनी शिकागोको सडकमा देखिएका थिए। मेरो छोरीलाई फेला पार्न र उनलाई भारत फिर्ता ल्याउन सहयोग गरिदिनुहुन सबैलाई अपिल गर्दछु। यसपछि महिलाकी आमाले मोहम्मद मिन्हाज अख्तर नामका व्यक्तिको सहयोगमा आफ्नी छोरी फेला पार्न सकिने बताइन् । यद्यपी ती व्यक्ति को हुन् भन्ने बारेमा भने खुलाइएको छैन ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे