२०८१ मंसिर ९, आईतबार
काठमाडौं । काठमाडौ महानगरपालिकाले आइतबारदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ ।
त्यसका लागि काठमाडौं महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५० जना नगर प्रहरीलाई माइक्रोन नाप्ने मसिनसहित अनुगमनमा खटाइने छ ।
महानगरपालिकाले यही श्रावण १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा, र मालामा प्रतिबन्ध लगाइसकेको छ ।
यसअभि २०७२ साल बैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भुकम्पका कारण कार्यन्वयन हुन नसकेपछी सो नियम पुन ब्युँताएर फेरि कार्यन्वयनमा ल्याउन लागिएको हो ।
नेपालमा झण्डै २ सय वटा प्लास्टिक उद्योग रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे