२०८१ मंसिर ८, शनिबार
सोमबार एकीकृत सरकारी कर्मचारी संगठनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित रुपमा हुनुपर्ने बताउनुभएको हो । उहाँले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरुप सजिलो ठाउँमा र अरुलाई दण्डित गरेजस्तो अप्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको भन्दै सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, निजामती सेवालाई पूर्वअनुमान योग्य पनि बनाउनुपर्ने बताउनुभयो । सरुवालाई स्वचालित प्रणालीमा नल्याएसम्म यो विषय सबैको चिन्ताको विषय हुने उहाँको भनाई छ ।
मन्त्री ज्वालाले संसदको यही अधिवेशनमा संघीय निजामती ऐन ल्याउने तयारीमा सरकार लागेको पनि बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे