२०८१ मंसिर ८, शनिबार
जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएका कम्पनीले कुल कित्तामध्ये १ लाख ९८ हजार ८२४ कित्तो वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र २ लाख ६ हजार ७६० कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो ।
स्थानीयका लागि ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याईएकोमा सम्पूर्ण कित्ता भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको समेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।
यी वाहेक कम्पनीका कर्मचारीहरूका लागि ३९ हजार ७६५ कित्ता र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिने छ । साथै मेरो शेयर अनलाईनबाट समेत आवेदन दिन सकिनेछ ।
सर्वसाधारणले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा साउन २२ गतेसम्मको लागि तोकिएको छ । तोकिएको छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन ३२ गतेसम्म विक्री लम्बिनेछ । तर, सर्वसाधारणमा जारी भएको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थालाई हेदाइ यस कम्पनीको आईपीओ समेत छिटो अवधि साउन २२ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । केयर रेटिङ्ग नेपालले केयर एनपी ट्रिपल ए इस्यूअर देखि केयर एनपी डी इस्यूअर सम्मको रेटिङ् प्रदान गर्ने गर्दछ । जसमा केयर एनपी ट्रिपल ए इस्यूअर रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ ।
२०७४ साल कात्तिक १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको नाममा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको यो कम्पनी २०७८ साल असार २३ गते पब्लिक लिमिटेडमा परिणत भएको थियो । हाल यस कम्पनीमा १० जना संस्थापक शेयरधनीहरू रहेका छन् । कम्पनीका संस्थापक शेयरधनीहरू विद्युत, उर्जा, बैंक तथा वित्तीय क्षेत्र, स्वास्थ्य शैक्षिक क्षेत्र एवम् व्यापार व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तिहरू रहेका छन् ।
कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । २०७५ साल पुस १६ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको यस कम्पनीले वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको बताएको छ । आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रूपैयाँ रहेको छ । प्रतिमेगावाट अनुमानित लागत भने २३ करोड ६८ लाख ४ हजार रूपैयाँ छ ।
अधिकृत पूँजी ६० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रूपैयाँ छ । १० जना संस्थापक शेयरधनीहरूबाट जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । संस्थापक तर्फबाट २६ करोड रूपैयाँ पूँजी चुक्ता गरेको कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र सर्वसाधारणमा ३९ प्रतिशत शेयर विक्री गर्न स्वीकृति पाएको हो । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५० करोड ९८ लाख ४ हजार रूपैयाँ कायम हुनेछ । आईपीओबाट संकलित पूँजी कम्पनीले बैंकको ऋण तिर्न र आयोजना निर्माणका लागि खर्चिने जानकारी दिएको छ ।
आयोजना निर्माणकै क्रममा रहेको यस कम्पनी सञ्चित नोक्सानीमै रहेको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४६ लाख ७६ हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको हो । चालू आर्थिक वर्ष ०८०/८१ को अन्त्यसम्म भने कम्पनीले १ करोड ७० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रूपैयाँ ८७ पैसा रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ३४ पैसा पु¥याउने प्रक्षेपण कम्पनीको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे