२०८१ मंसिर ७, शुक्रबार
वर्षाैंसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ ।
मन्त्रालयले ती कर्मचारीलाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेपछि सरुवा रोक्न मन्त्रालयमा कर्मचारीसँगै ट्रेड युनियनका अगुवा तथा स्थानीय तहका नेता सक्रिय छन् ।
यति बेला त्यस्ता कर्मचारीको छटपटी निकै बढेको छ ।मन्त्रालयले काठमाडौँमा नै जरोकिलो गाडेर बसेका कर्मचारीलाई मधेश प्रदेशका स्थानीय तह र रिक्त भएका विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेको छ । एक सातामा दुई चरणमा गरी मन्त्रालयले ५७ जना कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयमा अहिलेसम्म सरुवाका लागि ४५२ जना कर्मचारीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । केही दिनभित्रमा नै रिक्त स्थानीय तहमा मन्त्रालयले निवेदन दिने कर्मचारीमध्येबाट सरुवा गर्ने तयारी गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे