२०८१ मंसिर ८, शनिबार
काठमाडौँ, २५ साउन । भ्रष्टाचारमा लिप्त कर्मचारीप्रति अख्तियार दुरूपयोग अनुसन्धान आयोग आक्रामक देखिएको छ ।
अख्तियारले एक वर्षको अवधिमा एक जना विशिष्ट तहका कर्मचारीसहित ३ सय ५६ राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको पाइएको छ ।यद्यपि, उपल्लो तहका कर्मचारीहरू भने अख्तियारको कारबाहीबाट बच्ने गरेका छन् । सचिव, सहसचिवहरू विभिन्न खाले नीतिगत भ्रष्टाचारमा संलग्न हुने गरेको भए पनि उनीहरूमाथि छानबिन हुन नसक्दा जोगिने गरेका हुन् । अख्तियारको कारबाहीमा बढी मात्रामा खरिदार, सुब्बा, अधिकृत र उपसचिवसम्मका कर्मचारी पर्ने गरेका छन् ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतमा दायर गरिएका १ सय ६२ मुद्दाका ७ सय ६० प्रतिवादीमध्ये झन्डै आधाको संख्यामा कर्मचारी परेका छन् । गत एक वर्षमा भ्रष्टाचार मुद्दा दायर गर्दा कर्मचारीको संख्या उल्लेख्य रहेको पाइएको हो । अघिल्लो आर्थिक वर्षमा पनि भ्रष्टाचार मुद्दा दायर गर्दा कर्मचारीको संख्या उल्लेख्य नै रहेको थियो । अख्तियारका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा भ्रष्टाचारमा मुद्दा खेप्ने कर्मचारीको संख्या ३ सय १० जना रहेको थियो ।
यस हिसाबले हेर्दा भ्रष्टाचार गर्ने कर्मचारीको संख्या वर्षेनी बढेको पाइएको छ । अख्तियारले चालु आर्थिक वर्ष २०८०/८१ को २४ दिनको अवधिमा बुधबारसम्म ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसरी मुद्दा दायर गरिएकामा पनि अधिकांश कर्मचारीहरू नै रहेका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे