२०८१ माघ १७, बिहिबार
काठमाडौँ, २८ साउन । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । कूल निष्काशनमध्ये कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुल्ला गरेको छ ।
इच्छुक खरिदकर्ताले साउन ३१ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मा लागि आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे