२०८१ मंसिर ७, शुक्रबार
फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजिल्याण्डको बारेमा बुझेर आफ्नो जिज्ञासा मेटाएपछि खुशी थिए । उनको खुशीमा थप खुशी थपियो प्याराग्लाइडिङको टिकटले । फेष्टमा वान टु वान काउन्सिलिङ पछि लक्की ड्र मार्फत उनले भरतपुर–२९ चौकीडाँडामा रहेको हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङको एउटा टिकट उपहार पाए । ‘आज म धेरै खुशी छु, आफ्नो शैक्षिक करियरको बारेमा पनि बुझ्न पाए, प्याराग्लाइडिङमा उड्ने अवसर पनि पाए, एक्सपर्ट चितवनलाई धेरै धेरै धन्यवाद’–भण्डारीले भने । भण्डारीसंगै महेश अधिकारीले समेत प्याराग्लाइडिङको टिकट उपहार जिते ।
भण्डारी जस्तै एक्सपर्ट एजुकेशन फेष्टमा सहभागि सबै विद्यार्थी खुशी थिए । सौराहाकी सचिंता तिमल्सिनाले आफू जान चाहेको देशको शैक्षिक अवस्थाको बारेमा जानकारी लिए । ढुक्क भएर बाहिरिने क्रममा गरिएको लक्की ड्र मार्फत उनले गैंडाकोटको मौलाकाली केबलकारको टिकट उपहार पाईन्। ‘वान टु वान काउन्सिलिङमा मैले धेरै कुरा जान्न पाए, केबलकारको टिकट पनि पाए, एक्सपर्टलाई धन्यवाद’–तिमल्सिनाले भनिन् ।
उनी जस्तै विद्यार्थीहरुले काउन्सिलिङका साथै कोहीले सिनेमाको टिकट प्राप्त गरे भने हातखाली नजाने अन्य उपहारहरु पाए ।
‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ मा बुधबार विद्यार्थीको विहानैदेखि भीड लागेको थियो । विहान १० बजेदेखि सुरु भएको फेष्ट दिउँसो ३ बजेसम्म चलेको थियो । फेष्टमा काउन्सिलिङका लागि विदेशबाटै आएका ३९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु एकछिन पनि खाली भएनन् । अन्तिम समयमै विद्यार्थीहरुको भीड भएपछि व्यवस्थानमा हम्मे हम्मे परेको थियो । ‘यसपटक विद्यार्थीहरुको निकै उत्साह पायौं, धेरै विद्यार्थीहरुले वान टु वान काउन्सिलिङबाट धेरै कुरा बुझ्न पाएको सुनाउँदा हाम्रो कार्यक्रमले सार्थकता पाएको महसुस भयो–एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले भने । उनले धेरै विद्यार्थी तथा अभिभावकलाई आफ्नो कौतुहलता मेटाउन फेष्ट सफल भएकोमा सबैमा धन्यवाद समेत ज्ञापन गरे ।
फेष्टमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरु सहभागि भएका थिए । फेष्टमा ब्रिटिस काउन्सीलले आइइएलटिएस गर्न चाहने विद्यार्थीहरुलाई तयारीका बारेमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गरेको थियो । त्यसका साथै फेष्टमा बैंकिङ पार्टनरको रुपमा रहेको माछापुच्छ्रे बैंकले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक बैंकिङ परामर्श प्रदान गरेको थियो ।
फेष्टको समापनमा एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज क्वीन्सल्याण्डका डिरेक्टर अरुण पौडेल, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ग्रुप जनरल म्यानेजर मंजित घिमिरेको विशेष उपस्थिति रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे