२०८१ चैत्र ६, बुधबार
महिला अधिकारका सवाल तथा पोषणसम्बन्धी बहुआयामिक विषयमा लामो समयदेखि कलम चलाई विभिन्न पुस्तकसमेत प्रकाशन गरेकी उप्रेतीले नेपाली रैथाने खानाको प्रवद्र्धन गरी पत्रु खाना नियन्त्रण गर्नुपर्ने कुरामा समेत नागरिक चेतना जगाउँदै आउनुभएको छ ।
नेपानको २९औँ वार्षिक साधारणसभाको अवसर पारेर भदौ २३ गते शनिवार काठमाडौँमा उहाँलाई उक्त पुरस्कार अर्पण गरिने नेपानका अध्यक्ष डा. अनोज क्षेत्रीले बताउनुयो। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । साथै पुरस्कारका साथ नेपानले एक सम्मानपत्रसमेत प्रदान गर्नेछ ।
२०७४ असोज २४ गते अमेरिकामा स्नातक तहमा अध्ययन गर्दै गरेका आफ्ना सुपुत्र प्रसिद्धको असामयिक निधन भएपश्चात् उनको स्मृतिमा उनका बाबा–आमा चेतनाथ कणेल तथा सीता भण्डारी कणेलले २०७४ चैत महिनामा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोही रकमको ब्याजबाट हरेक वर्ष नेपान सदस्य वा गैरसदस्य विकास–लेखकहरूलाई सम्मान गर्ने प्रचलन छ ।
डा.अरुणा उप्रेतीसमेत सो पुरस्कारबाट हालसम्म सम्मानित हुनुहुने जम्मा ६ जना विकास–लेखक हुनुहुन्छ । २०७५ मा पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडालाई सम्मान गरिएको थियो भने २०७६ मा द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीलाई, २०७७ मा प्रशासन तथा व्यवस्थापनविद् डा. मानबहादुर विश्वकर्मालाई, २०७८ मा कृषि एवम् ग्रामीण विकासविद् प्रा.डा. नरविक्रम थापालाई, २०७९ मा नेपाली मोडेलको सकारात्मक सोच पद्धतिका प्रवद्र्धक डा. चण्डीप्रसाद चापागाईंलाई प्रदान गरिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे