२०८१ मंसिर ७, शुक्रबार
गैँडाकोट नगरपालिका वडा नं. २ मा रहेको गैँडाकोट इङ्गलिस स्कुल ‘क’ श्रेणीमा पर्न सफल भएको छ ।
युवा तथा खेलकुद शाखाले गठन गरेकोे विज्ञ टोलीले २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा उत्कृष्ट घोषणा गरिएको स्कुलले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।
नगरपालिकाले ९० अंकभन्दा बढी ल्याउनेलाई ‘क’, ७० देखि ९० सम्मल्याउनेलाइ ‘ख’, ४० देखि ७० सम्म ल्याउनेलाई ‘ग’ र ४० भन्दा कम ल्याउनेलाई ‘घ’ श्रेणीमा वर्गीकरण गर्ने उल्लेख गरेको थियो । टोलीले पछिल्लो तीन वर्षको नतिजा, भौतिक संरचना, सेवासुविधा, विद्यार्थी एवम् अभिभावकको सन्तुष्टी, शिक्षकको योग्यता, सूचना प्रविधि समुदायको सहभागितालगायतका ९० भन्दा बढी विषयवस्तुलाई आधार मानेको थियो ।
विसं २०६२ सालमा स्थापना भएको यस स्कुल हालसम्म आइपुग्दा स्कुलले फरक पहिचान बनाउन सफल भएको छ । विसं.२०७२ सालमा गैँडाकोट नगरपालिकाद्वारा पहिलो बालमैत्री तथा वातावरणमैत्री विद्यालय घोषित हुन सफल भएको थियो भने विसं. २०७२ सालमा गैँडाकोट नगरपालिका तेस्रो नगरसभाद्वारा सम्मानित भएको स्कुलको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै विसं २०७४ सालमा व्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कल (आईएसए) प्राप्त, २०७५ सालमा व्रिटिस काउन्सिलद्वारा कनेक्टिङ क्लासरुमअन्तर्गत गैँडाकोट इङ्लिस स्कुल र बेलायत आयरल्यण्डमा अवस्थित बोटानिक प्राइमरी स्कुल बीचमा टिचर एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको थियो ।
विसं. २०७७ मा व्रिटिस काउन्सिलबाट अन्तर्राट्रिय स्कुल अवार्ड (आईएसए) पुनःप्राप्त गर्न सफल भएको थियो । प्रत्येक वर्ष जिल्लास्तरीय स्क्रयाबल (अक्षरहरु मिलाएर खेल्ने खेल) प्रतियोगिता सञ्चालन गर्दै आइरहेको यस स्कुललाई विसं. २०७५ देखि र २०७९ स्क्रयाबल राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेको थियो । यस्तै सन् २०२२ को अन्तर्राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा ( बङ्गलादेश) यस स्कुलका अर्नभ पाण्डेले प्रथम स्थान हासिल गरेको विज्ञप्तिमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य हिरालाल अर्यालले पत्रकारबीच विद्यालयले प्राप्त गरको उपलब्धीको उचाई कायम राख्न विद्यालय प्रतिवद्ध रहेको बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे