२०८१ मंसिर ७, शुक्रबार
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले खड्कालाई आइतबार सामाखुशीबाट पक्राउ गरेको हो । खड्काले अर्का युवक सन्दीप परियारलाई पोर्चुगल पठाइदिने प्रलोभनमा ३ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।
खड्काले परियारलाई पोर्चुगल पठाउन १५ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख ५० हजार कमाई हुने प्रलोभन देखाएको प्रहरीको भनाई छ । खड्काविरुद्ध ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा विभागले उनलाई पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाइ पत्राचार गरेको थियो । पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे