२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं । सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयकलाई आज संघीय संसद्मा पठाउने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्दै संघीय संसद्मा पठाउने निर्णय गर्नेछ ।विधेयकमा कतिपय विषय विवादित भए पनि त्यसको अन्तिम टुंगो संसद्ले नै लगाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए ।मन्त्रिपरिषद्ले संघीय संसद्मा पठाएसँगै अब सो विधेयक प्रतिनिधि सभामा दर्ता भएर पेस हुनेछ ।
संसद्मा आवश्यक छलफलपछि सो विधेयकले कानूनी मान्यता पाउने छ । यद्यपि, यसअघि पनि संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता भइसकेको भए पनि पछि फिर्ता गरिएको थियो । सो विधेयकलाई मन्त्रिपरिषद्को विधेयक समितिले समेत आवश्यक छलफल र संशोधनसहित मन्त्रिपरिषद्मा पठाएको हो ।
यसअघि सरकारले सो विधेयक आवश्यक परामर्शका लागि लोकसेवा आयोगमा पठाएको थियो । लोकसेवाले परामर्शसहित सो विधेयक सरकारलाई पठाएसँगै मन्त्रिपरिषद्को विधेयक समितिमा केही दिनदेखि छलफल गरिँदै आएको थियो । प्रस्तावित विधेयकमा कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्याउन प्रस्ताव गरिएको छ ।
त्यस्तै, कर्मचारी सरुवामा वैज्ञानिक र चक्रीय प्रणाली लागू गर्ने प्रावधान पनि उक्त प्रस्तावित विधेयकमा समेटिएको छ । यसै गरी हालको पदमा तहगतको व्यवस्था गरिएको छ । नेपाल समाचारपत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे