२०८१ चैत्र २०, बुधबार
यो उपन्यासको मुख्य कथा चौरासी वर्षीया हजुरआमा चित्रलेखा न्यौपानेको वरिपरि घुमेको छ । उनी भारतको सिक्किम राज्यको गान्तोकमा बस्छिन् भने उनको गार्मेन्ट फ्याक्ट्री पश्चिम बङ्गालको कालिम्पोङ सहरमा छ । उनका चार जना नातिनातिनामध्ये तीन जनालाई मात्र उनको चौरासी पूजामा बोलाइएको हुन्छ । जेठी नातिनी भगवती दलितसँग विवाह गरेका कारण अठार वर्षदेखि घरमा आउन पाएकी हुन्न भने माहिली नातिनी मनसाको मागीविवाह भएका कारण आवतजावत भइरहन्छ । टिप्पणीकार प्रभातले लेखकसँग पुस्तकले समेटेको कथावस्तुसँगै पश्चिमी मुलुकमा बसेर लेख्दाको अनुभवलाई पनि खोतल्ने प्रयास गरेका थिए ।
कुराकानीका क्रममा उपन्यासमा मानवअधिकारको सबैभन्दा ठूलो ठेकेदार ठान्ने अमेरिकाले आप्रवासीलाई हेप्ने गरेको प्रसङ्गका बारेमा चर्चा गरिएको थियो ।भुटानमा नेपालीभाषीले पाएको दुःख देखाइएको देखाइएको उपन्यासमा माओवादी द्वन्द्वको झिल्का पनि देखाइएको छ । मूल रूपमा भारतीय नेपाली भाषीले भोग्ने जीवनलाई उतारिएको प्रसङ्गका विषयमा रहेर प्रभातले लेखक पराजुलीसँग एक घन्टा संवाद गरेका थिए ।
कार्यक्रममा उदय अधिकारी र भुपेन्द्र धितालले पनि मन्तव्य राखेका थिए । मुख्यगरि सिक्किमको गान्तोकको परिवेशलाई उठान गरिएको उपन्यासमा नेपाली संस्कृतिको चित्रण गरिएको अधिकारीले बताए । हिन्दू परम्परा, जात व्यवस्था र अन्धविश्वासलाई पनि उपन्यासमा उतारिएको उनले बताए ।
युरोपमा बस्दै आएका सिक्किम गान्तोकका पराजुलीका दुईवटा अङ्ग्रेजी पुस्तक द गुर्खाज डटरलाई गोर्खाकी छोरी र ल्याण्ड ह्वेर आई फ्लीलाई चित्रलेखाको चौरासीझ नाम राखेर पब्लिकेसन्स नेपालयले नेपाली भाषामा ल्याएको छ । चित्रलेखाको चौरासीलाई विभु लुइँटेलले अनुवाद गरेकी हुन् । काठमाडौंमा विमोचनपछि मोफसलमा अन्तरक्रिया गर्दै हेटौंडा हुँदै लेखक पराजुली शुक्रबार गैंडाकोट आएका हुन् । लेखक पराजुली शनिबार पोखराका पाठकमाझ अन्तरक्रियामा सहभागी हुँदैछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे