२०८१ मंसिर ७, शुक्रबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले नेपालबाट दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्तिको माग भएकाले पठाउन सकिने वा नसकिने भन्ने विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए । दक्षिण कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दक्षिण कोरियामा नेपालबाट उच्च सिपयुक्त जनशक्ति पठाउन सकिने र यसका लागि त्यहाँको मानव संसाधन मन्त्रालयसँग यस विषयमा कुरा गर्ने जानकारी दिए ।
दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति कुुन कुुन क्षेत्रमा के कति सङ्ख्यामा पठाउन सकिने सम्भावना रहेको भन्नेबारेमा बुझेर नेपाल सरकारलाई जानकारी गराउने उनको भनाइ छ । हाल दक्षिण कोरियामा रोजगार अनुुमति प्रणाली (इपिएस) को माध्यमबाट नेपाली श्रमिक, प्रशिक्षार्थी श्रमिकका रूपमा र अध्ययन भिसामा नेपाली जाने गरेका छन् ।
सन् २००८ बाट इपिएस प्रणालीबाट दक्षिण कोरिया नेपाली श्रमिक जाने गरेका हुुन् । इपिएस प्रणाली अन्तर्गत अहिलेसम्म एक लाख बढी नेपाली श्रमिक दक्षिण कोरिया पुुगेका छन् । गत आर्थिक वर्ष मात्रै लगभग २१ हजार नेपाली इपिएसबाट दक्षिण कोरिया पुगेको वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस शाखाले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे