२०८१ मंसिर ९, आईतबार
आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, २ कम्पनीको मूल्य स्थिर कायम छ । आज ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।
त्यस्तै १४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसमध्ये ४ कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले नै बढेको छ ।
आज सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको २० करोड रुपैयाँको सेयर कारोबार भएको हो ।
यस्तै, आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर ७ लाख २९ कित्ता सेयर किनबेच भएको छ भने सन नेपाललाईफको सेयर ३२ हजार पटक किनबेच भएको नेप्सेले जनाएको छ । परिसूचक बढ्दा सबैजसो समूहमा उत्साहजनक वृद्धि देखिएको छ । जसमध्ये आज निर्जीवन बीमा समूहको सूचक १८६ अंकले बढ्दा जीवन बीमा समूहको सूचक १८० अंकले बढेको छ ।
यस्तै, विकास बैंक समूहको सूचक १४२ अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक १४७ अंकले बढेको छ । यसबोहक जलविद्युत समूहको सूचकमा १०९ अंक, लघुवित्त समूहको सूचक ८२ अंक र वित्त समूहको सूचक ७५ अंकले बढेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे