२०८१ चैत्र २०, बुधबार
मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक– सांस्कृतिक उपन्यास भएको प्रष्ठिानले बताएको छ।
मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको र १८० पुस्तकमध्येबाट कृतिलाई उत्कृष्ट ठहर्याइएको अध्यक्ष जीवा लामिछानेले बताएका छन्।
छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण(संक्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरिएको पनि उनले बताए।
पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिनुहुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको पनि उनले बताए।
वात्सायन नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिने काम गरेको र नेपाली चित्रकलामा उनको योगदान विशिष्ट रहेको लामिछानेले बताए।
पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिनुहुने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गरिने पनि उनले बताए। यो गत वर्षबाट प्रदान गर्न थालिएको हो।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको रााशि तीन लाख रहेको
छ ।
सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने उनले बताए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे