२०८१ कार्तिक २०, मंगलबार
धनगढीमा चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले पसल अगाडि माटो थुपार्नुका साथै निर्माणको भइरहेको ढिलाइका कारण व्यवसायी हैरान भएका हुन् । सो सडकखण्डमा सवारी चलाउनसमेत मुस्किल भइरहेको यात्रुको गुनासो छ ।
धनगढीको मुख्य सडक निर्माणमा ढिलासुस्ती गरिरहेको कालिकाले धनगढीको साल्ट ट्रेडिङ अगाडिका एक दर्जन पसल अगाडि माटो थुपार्दा पैदलयात्री, चालक, व्यवसायीले हैरानी खेप्नुपरेको छ । मेड रोड एभरेस्ट बैंकअगाडिको सडक हिलाम्मे भएपछि नगरवासीले झनै दुःख पाइरहेका हुन् ।
निर्माण कम्पनीलाई पटकपटक माटो हटाउन र निर्माण कार्य तत्काल अगाडि बढाउन व्यवसायीले आग्रह गर्दै आएका छन् । मुख्य सडक निर्माण गर्दा कुनैकुनै ठाउँमा नाली अधुरो छोड्ने गरेको समेत पाइएको छ । सडक निर्माणमा ढिलासुस्ती गर्दै आएको कम्पनीले व्यवसायीलाई समेत दुःख दिने नियतले जथाभावी रूपमा माटो थुपार्ने काम मात्र हुँदै आएको व्यवसायी बताउँछन् ।
व्यवसायीले गुनासो गरेपछि यो विषयमा कुरा बुझ्न खोज्दा निर्माण कम्पनीका सम्पर्क व्यक्ति प्रकाशचन्द्र खरेलले फोन उठाएनन् । निर्माण कम्पनी धनगढीमा बनाइरहेका सडकमा अधुरो काम लामो समयसम्म छोड्ने गरेका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।राजधानीदैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे