२०८१ मंसिर ६, बिहिबार
माडीका होटल व्यवसायीहरुले दिने सेवालाई अझै परिष्कृत गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले माडी चितवन जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्र बन्न सक्ने भौगोलिक बनावट तथा धार्मिक क्षेत्र भएको बताउँदै उहाँले अझ थप पर्यटकीय आर्कषणको केन्द्र बनाउनका लागि हस्पिटालिटी सेवा राम्रो बनाउनु पर्ने बताउनुभएको थियो । उहाँले यस क्षेत्रका व्यवसायीहरूलाई आवश्यक पर्ने तालिम तथा व्यवसायिक सेवा दिन उद्योग वाणिज्य संघ–चितवन सधै तयार रहेको बताउनुभयो।
कार्यक्रममा माडी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पुरन महतोले माडीका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न माडी नगरपालिका लागिरहेको बताउँदै व्यवसायीहरूलाई हस्पिटालीटी सेवा सहज र सुलभ बनाउन अनुरोध गर्नुभएको थियो ।
३५ जना सहभागी रहेको तालिको प्रमुख प्रशिक्षक फोर्ब्स कलेजका व्यवस्थापकिय प्रमुख योगेन्द्र मण्डल रहनुभएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षदय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, कार्यसमिति सदस्य राजन पिया, रेशमलाल आचार्य कार्यकारी निर्देशक निलबहादुर के.सी., होटल व्यवसायी संघ माडीका पदाधिकारी कार्यसमिति लगाएत तालिममा सहभागी व्यवसायीहरूको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभयो ।
कार्यक्रम होटल व्यवसायी संघ चितवन माडी इकाईको अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे