२०८१ मंसिर ८, शनिबार
भालेश्वर महादेवको दर्शन गर्न, घुम्न र चन्द्रागिरिबाट काठमााडौं उपत्यका लगायत हिमालहरू हेर्न तथा चिसो मौसमको आनन्द लिन दैनिक हजारौँ मानिस चन्द्रागिरि आउने गरेका छन्। शनिवार तथा अन्य सार्बजनिक बिदाको दिन धेरैनै दर्शनार्थीहरू आउनेहुँदा सो भिडलाई मध्यनजर गर्दै कम्पनिले सम्पूर्ण ४० वटै गन्डोला मार्फत सेवा प्रवाह गर्ने गरेको छ।
चन्दागिरिमा अहिले ४० ओटा गन्डाेला सञ्चालनमा छन्। एउटा गुन्डोलामा आठ जनाले यात्रा गर्न सकिन्छ । थानकोटदेखि चन्द्रागिरिसम्म केबलकारको दुरी साढे दुई किलोमिटर छ । यो दुरी ९ मिनेटमा पार गर्न सकिन्छ । चन्द्रागिरि केवलकार समुन्द्री सतहदेखि २५५१ मिटरको उचाईमा अवस्थित छ। चन्द्रागिरि काठमाडौँको धुलोधुवाँ र कोलाहलबाट मुक्त भएर रमाउन चाहनेहरूका लागि सबैभन्दा नजिकैको रमणीयस्थलको रूपमा समेत चर्चित छ। तस्बिरहरू: प्रकाश भण्डारी/नवलपुर अनलाइन
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे