२०८१ मंसिर ६, बिहिबार
गैंडाकोट पम्पिङ्ग स्किम खानेपानीको छेवैमा रहेको नवनिर्मित सुबिधासम्पन्न भवनको आज एक कार्यक्रमका बिच नगरप्रमुख मदन भक्त अधिकारीले रिबन काटि वडा कार्यालय प्रवेश गरेसँगै कार्यालयको बिधिवत रूपमा उद्घाटन गरिएको थियो।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख मदन भक्त अधिकारीले सेवाग्राहीले गुनासो नगर्ने गरि तथा वडा कार्यालयबाट कुनैपनि सेवाग्राही फिर्ता नजाने गरि कानून बमोजिमको कार्य गर्न आग्रह गर्दै बडादशैँको शुभकामना समेत व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जनताले देख्ने, जनताले बुझ्ने, जनताले महसुस गर्ने सरकार स्थानीय सरकार हो। स्थानीयको घरदैलोसम्मै सेवा सुबिधा पुर्याउने हाम्रो बाचा अनुरूप आज वडा नं ४ को वडा कार्यालयको उद्घाटन गरेका छौँ। यस वडाबाट हजुरहरूले छिटो छरितो रूपमा सेवा पाउनुहुनेछ र यसरी नै हामीहरूले अन्य वडा कार्यालयहरू पनि निर्माण गर्दै तपाईँहरूको सेवालाई गुणस्तरीय र छरितो बनाउने कुरामा दृढ रहेका छौँ खनालले भन्नुभयो।
वडाकार्यालय भवन उद्घाटन कार्यक्रममा गैंडाकोट नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका व्यक्तित्व, समाजसेवी तथा टोल सुधार समित, शिक्षाप्रेमी, आमा समूह लगायत वडाबासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
वडाकार्यालय प्रवेशगरेसँगै वडाध्यक्ष तेजप्रसाद घिमिरेले पहिलो सेवाग्राही प्रेम कुमार शर्माको नागरिकता प्रतिलिपि सिफारिसमा हस्ताक्षर गरेर कार्य प्रारम्भ गर्नुभएको थियो।
वडाबासीलाई धन्यवाद दिँदै वडाध्यक्ष घिमिरेले भन्नुभयो- तपाईँहरू भाग्यमानी हुनुहुन्छ, तपाईँ हाम्रै वडामा सुबिधासम्पन्न वडाकार्यालयको आज उद्घाटन भएको छ।
तपाईँहरूलाई छिटो छरितो रूपमा थप प्रभावकारी सेवा प्रदान गर्ने कुरामा वडा कार्यालय कुनै कसुर बाँकी राख्नेछैन उहाँले भन्नुभयो । कार्यक्रमको संचालन तथा सहजीकरण वडासदस्य हरि प्रसाद पौडेलले गर्नुभएको थियो।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे