२०८१ चैत्र २९, शुक्रबार
यो अफर भायानेटको पहिले नै लोकप्रिय भइसकेको चाडपर्व अफर ‘चाडमा चौका’ अभियानको विस्तारको रूपमा आएको हो । यस अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रतिमहिना भ्याटबाहेक रू. ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम अप्लायन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।
कात्तिक १६ गतेदेखि सुरु भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफरमा भायानेटका ग्राहकले भायानेट परिवारमा सामेल हुनका लागि चार जना साथी वा परिवारका सदस्यहरूलाई रिफर गरी निम्नलिखित विशेष फाइदा प्राप्त गर्नेछन्:
१. नि:शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्स: तोकिएको समयसीमा भित्र चार जना साथीहरूलाई सफलतापूर्वक रिफर गर्ने प्रत्येक ग्राहकले एक जोडी अल्टिमा एटम १९२ वायरलेस इयरबड नि:शुल्क प्राप्त गर्नेछन् ।
२. आफ्नो लागि चार महिनाको नि:शुल्क इन्टरनेट: प्रत्येक सफल रिफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रिफरल योजना अन्तर्गत एक महिनाको नि:शुल्क इन्टरनेट सेवा पाउनेछन् । यस अनुसार चार जना ग्राहकलाई रिफर गर्दा पहिले नै चार महिनाको नि:शुल्क इन्टरनेट प्राप्त हुनेछ ।
३. रिफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेट: ग्राहकद्वारा रिफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रिफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाई योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने कम्पनीले जनाएकाे छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे