२०८१ मंसिर ६, बिहिबार
बाँनियाले भरतपुरको हाकिमचोकमा रहेको धनलक्ष्मी पसलबाट जिल्ला प्रहरी कार्यालय चितवनको अफिस मर्मत सम्भारको लागि भन्दै एक लाख १९ हजार दुई सय रुपैयाँ बराबरको सामान ठगेको प्रहरीले जनाएको छ। उनले गत भदौ २७ गते पसलका सञ्चालक मात्रिका पराजुलीलाई प्रहरी निरिक्षकको अफिस मर्मत सम्भार र डेकोरेसनका लागि १० लाख आउने भन्दै १० हजार रुपैयाँ पेश्की छोडेर गएका थिए।
पछि असोज एक गते एसपी साबसँग कुरा गर्नु भनि कुरा गराएर सो सामान काठमाडौँ लैजाने अनुरोध गरेका थिए। पसल सञ्चालक पराजुलीले असोज दुई गते बा १७ च ३७४५ नम्बरको बलेरोमा फरमाइका, प्लाई, डेनराइड लगायतको एक लाख ७९ हजार २ सय बराबरका सामान पठाएको चितवन प्रहरीले जनाएको छ।
उनले बोलेरो चालकलाई फोन गरेर कोटेश्वर नजिक बाटोबाट नै अर्को सवारीमा सामान लोड गरी लगेका थिए। पछि सामानको पैसा माग्दा धम्काई सम्पर्कमा नआएपछि पसल सञ्चालक प्रहरी कार्यालयमा उजुरी दिन आएपछि ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।नागरिक दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे